इन्द्रसरोवरका किसानलाई फलफूलको विरुवा वितरण

मकवानपुर । इन्द्ररोवर गाउँपालिकाको ५ वटै वडाका किसानलाई निःशुल्क फलफूलको विरुवा वितरण गरिएकोे छ । इन्द्रसरोवर गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा यहि असार २८ गते मंगलबारसम्म ५ वटै वडाका किसानलाई विरुवा वितरण गरिएको गाउँपालिकाका कृषि प्रमुख कुमार पौडेलले जानकारी दिए ।
गाउँपालिकाले ३ हजार एभोकार्डो, २ हजार सुन्तला, २ हजार कागती, १ हजार निबुवा र ३ सय ५० बोट लप्सीको विरुवा वितरण गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस