इन्द्रसरोवरका कर्मचारीहरुले बुझाए ज्ञापन पत्र
असमान ढंगले कर्मचारीको तलब बढाएकोमा विरोध
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रशासनिक कार्यालयमा कार्यरत कर्मचारीहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
चालू आ.व. २०७९/०८० को बजेटको घोषणा विपरीत कर्मचारीको तलव बढाइएको भन्दै पालिकामा कार्यरत नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
राजपत्राङ्कित पदको अनुपातमा राजपत्र अनंकित कर्मचारीको पनि मान क्रम अनुसारको तलब समायोजनको माग गर्दै राष्ट्रिय रूपमै स्वतः स्फूर्त चलिरहेको अभियानमा ऐक्यवद्धता स्वरुप ज्ञापन पत्र बुझाएको पालिकाका ना.सु. ध्रुवकुमार अधिकारीले रेडियो इन्द्रसरोवरलाई जानकारी दिए ।
.jpg)
प्रस्तावित संघीय निजामती सेवा ऐनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका सहायक कर्मचारीहरुको वृद्धि विकासको सम्बन्धमा विभिन्न मागहरु समावेश गरी दवाव दिन तथा राजपत्राङ्कित पदको अनुपातमा राजपत्र अनंकित कर्मचारीको पनि मान क्रम अनुसारको तलब समायोजनको माग गर्दै राष्ट्रिय रूपमा स्वतः स्फूर्त रूपमा चलिरहेको अभियानमा ऐक्यवद्धता गर्दै यस इन्द्रसरोवर गाँउपालिकामा कार्यरत तपसिल बमोजिमका सम्पूर्ण राजपत्र अनंकित कर्मचारीहरु ध्यानाकर्षणका लागी अनुरोध गर्दछौं। ज्ञापन पत्रमा उल्लेख छ ।
कर्मचारीहरुको मागलाई अब बस्ने कार्यपालिका बैठकमा छलफल गरी निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत लम्सालले हामीसंगको संक्षिप्त कुराकानीमा जानकारी गराएका छन् ।





प्रतिकृया दिनुहोस